Logo

६ पुस,वीरगञ्ज । बीरगञ्जका उद्योगपति अशोक वैद्यले सुपारी, छोकडा, मरिचसहितका परिणात्मक प्रतिबन्ध लगाएका वस्तुको आयातमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

रेसखबर अनलाइन मिडियामा आफ्नो नाम जोडेर आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।उनले सरकारले आयतमा प्रतिबन्ध लगाएको कुनै पनि वस्तु आयात नगर्ने गरेको भनेका छन् ।

रेसखबरसंग कुरा गर्दै उनले भने,‘आयातमा प्रतिबन्ध लगाइएका सामानसंग जोडेर अन्य व्यपारीसंगै मेरो नाम पनि जोडिएको छ, जुन गलत हो । मेरो आफ्नै व्यवसाय छ । म त्यस्ता काम पनि गर्दिन्, यो सब हावा र गलत कुरा हो ।’

रेसखबरले आज प्रकाशित गरेको समाचारमा बीरगञ्जका उद्योगपतिहरुसंगै वैद्यको नाम पनि उल्लेख छ । तर समाचारमा वैद्यको पूरा नाम अशोक वैद्य भने लेखिएको छैन् ।बीरगञ्जका समाजसेवी उद्योगपति वैद्यको भने शालिमार सिमेन्ट, के एनपी जापान पेन्ट कम्पनीसंगै अस्पताल पनि सञ्चालित छ ।

आज रेसखबरमा ‘सुपारी, छोकडा र पोस्तादानाको अवैध व्यापारमा वीरगञ्ज र रक्सौलका व्यापारी संलग्न’ शीर्षकमा समाचार प्रकाशित छ ।


सम्बन्धित समाचार