Logo

९ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको बजीनी र निजगढबाट प्रतिबन्धित लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजीनीबाट प्रदेश–२–०३–०१६ प ०८८८ नंम्बरको मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १ का ४३ वर्षिय शंकर प्रसाद यादव र त्यसमा सवार २४ वर्षिय मनिषकुमार साहलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८ सय ९९ पिस प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लागुऔषध फेनारगन २ सय ९६ पिस, डाईजेपाम ३ सय ३ पिस र नुर्फिन ३ सय पिस फेला परेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाए ।

यसैगरि ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्रामालिन १ सय ८० पिससहित दुईजनालाई पक्राउ गरेको छ । उनीहरुलाई निजगढ–९ शहिद चोकबाट पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।

पक्राउ पर्नेहरुमा निजगढ ८ बुद्ध चोकका २० वर्षिय विवेक मोक्तान र जीतपुरसिमरा १६ टांगियावस्तीका २० वर्षिय सागर तामाङ रहेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार