Logo

१० पुस,सेढवा । पर्साको जीराभवानी गाउँपालिकामा प्रहरीले अवैध तयारी मदिरा बरामद गरि नष्ट पारेको छ ।

प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. एक जगतिया चोकबाट तीस लिटर मदिरा बरामद गरेको जनाएको छ । प्रहरीले आज बिहान भारततर्फ लैजादैँ गरेको अवस्थामा मदिरा बरामद गरि नष्ट पारेको हो ।

प्रहरी चौकि महादेवपट्टिबाट प्रहरी सहायक निरीक्षक ललित कुमार साहको नेतृत्वमा गएको प्रहरी टोलिले उक्त मदिरा नष्ट पारेको हो ।

साइकलमा अवैध रुपले भारततर्फ लगिरहेको अवस्थामा उक्त मदिरा बरामद गरि स्थानीय भद्रभलादमी, सञ्चारकर्मीको रोहवरमा नष्ट पारिएको प्रहरी चौकी महादेवपट्टीले जनाएको छ ।


सम्बन्धित समाचार