Logo

१८ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै २ करोड मूल्य बराबरका भन्सार छलीका सामानसहितको तीनवटा ट्रक बरामद गरेको छ । प्रहरीले १ करोड ८९ लाख ९७ हजार २८७ मूल्य बराबरका ट्रक सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको मालवाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको सूचना पर्सा प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ गण्डक, वडा नं. ८ घण्टाघर र वडा नं. १४ प्रतिमा चोकस्थित सडकखण्डमा ट्रकहरु नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार ना.४ ख ८३१८, ना.३ ख ४१४१ र एनएल ०१ जि १८८६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक शंंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको हो ।

ट्रकसहित सामानलाई थप अनुसन्धानका लागि ाजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार