Logo

१८ पुस,वीरगञ्ज । बारा प्रहरीले विद्युत ट्रान्सफर्मर चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरी गरेको आरोपमा भारतको मोतिहारी जिल्ला विन्धवा सोनमा ग्राम बस्ने प्रभु यादवका छोरा २२ वर्षीय जैसिलाल यादवलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बाराको फरकफरक स्थानमा जडान गरेको ट्रान्सफर्मर चोरी गरेको आरोपलाई उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।

मन्सिर १३ गते सिम्रौनगढ–३ श्रीनगर बैरिया र २३ गते पचरौँता–५ बेल्दारीबाट ट्रान्सफर्मर चोरी भएको खबर प्रहरीकोमा आएको थियो । सोही क्रममा खोजतलास गर्दा पचरौता–५ स्थित टियर खोलामा लुकाईछिपाई राखेको अवस्थामा ट्रान्सफर्मर सहित यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताए ।

यादवको साथबाट एचटि क्वायल २ थान, एलटि क्वायल, ६ थान बरामद भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका यादवमाथि चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार