Logo

१९ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी कपडा तथा खुद्रा सामानहरू बोकेको मालवाहक ट्रक बरामद गरेको छ । प्रहरीले ना ६ ख ७७९८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै खबर प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट उक्त ट्रक बरामद गरेको हो ।

ट्रकमा लोड रहेका सामानको बिल शंकास्पद देखिएकोपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता कुमारबिक्रम थापाले जनाए । उनका अनुसार ट्रकसहित सामानको मूल्यांकन ५६ लाख ५ हजार ६८४ रुपैँया कायम गरिएको छ ।

नियन्त्रणमा लिएका सामानलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार