Logo

२४ पुस,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

राजश्व छली गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको ट्रक वीरगञ्जबाट रुपन्देहीतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रक रोकेर जाँच गरेको थियो ।

ट्रकमा लोड रहेका सामानको अनलाइन भिसिटिएस बिल शंकास्पद देखिएपछि पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानको मूल्यांकन ५२ लाख ६४ हजार १०३ रुपैँया मूल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार