Logo

फाइल तस्विर

२६पुस,सेढवा । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले १० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रामबहादुर बोगटीको नेतृत्वमा गएको गस्ती टोलिले गाँजा बरामद गरेको हो । ठोरी गाउँपालिका वडा नम्बर ४ बाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

मालि बस्तीदेखि दशगजा हुदै भारततर्फ गईरहेका पैदल व्यक्तिले प्रहरीलाई देख्ने बित्तिकै गाँजा छाडेर भागेको सशस्त्र प्राहरी नायब उपरिक्षक बोगटीले बताउनुभयो ।

बरामद गाँजा आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार