Logo

२६ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले झण्डै १७ लाख मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१९ विन्दबासीनीबाट भन्सार छलीका सामानहरु बरामद गरेको हो ।

नागेश्वर साह कलवारले सञ्चालन गरेको ज्ञान सागर अंग्रेजी बोडिङ स्कुलको तल्लो तल्लाको बराण्डाबाट उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिएको पर्सा प्रहरी बताउँछ ।

भारतबाट चोरी पैठारी गरि ल्याइएको कपडाहरू लगायतका सामानहरु पक्राउ गरेको प्रहरीले जनायो । प्रहरीका अनुसार कपडा, रेडबुल, लेडिज नक्कली विभिन्न किसिमका गरगहनाहरु तथा प्लाष्टिकको फूल लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद सामग्रीको मूल्यांकन १६ लाख ६७ हजार ९ सय कायम गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार