Logo

३ माघ,वीरगञ्ज । प्रतिबन्धित लागूऔषध सहित वीरगञ्जबाट एकजना रिक्सा चालक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने वर्ष ५० वर्षिय बब्लुलाल कर्ण पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर पानीट्याङंकीस्थित सडकबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।

चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाईछिपाई राखिएको लागुऔषध फेला पारेको उहाँले बताउनुभयो । उनको साथबाट नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी जम्मा १५ सय एम्पुल लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई पर्सा प्रहरीको हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार