Logo

७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेत फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइएका गाँजा खेती फाड्दै आएको छ । सोही बमोजिम ठोरी गाउँपालिका वडा नं। ४ स्थित लगाइएको गाँजा खेती प्रहरीले फाडेर नष्ट पारेको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा गाँजा खेती गरेको पाइए पछि नष्ट पारिएको पर्साका प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती फाडेको उनले बताए । प्रहरीले २ कठ्ठामा एक हजार २ सय गाँजाको बोट फाडेर नष्ट पारेको प्रहरीले जनायो ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार