Logo

८ माघ,जनकपुर । नेपाल ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएपनि माउ पार्टीसंगको सम्बन्ध चिसिएको बताएको छ ।
सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेस सभापति योगेन्द्रकुमार कुवरले संस्थागतरुपमा लामो समयदेखि कांग्रेस पार्टीलाई सहयोग गर्दै आए पनि संस्थागतरुपमा बेवास्ता गर्ने गरेकाले सम्बन्ध सुमधुर बनाउनका लागि १७ सदस्यीय समिति गठन गरिएको जनाएको छ ।

युनियन कांग्रेसको दोश्रो बैठकबाट वरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।

युनियन कांग्रेसका सभापति कुवरले भने– ‘विगत लामो समयदेखि ट्रेड युनियन काँग्रेसले नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि श्रमिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भयो र आगामी दिनमा पार्टीसँग कस्तो सम्बन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न वरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरियो र नेपाली काँग्रेसको आगामी महासमिति बैठकमका श्रमिक प्रतिनिधित्वका लागि दवावमुलक कार्यक्रम गर्ने निर्णय गरियो ।’

कांग्रेसबाट सांसद रहेका उद्योगपति विनोद चौधरीको उद्योग सिजि ग्रुपमा कार्यरत श्रमिकहरुलाई सेवासुविधा तथा व्यवस्थापन पक्षसंग छलफल गर्ने क्रममा विवादको क्रममा २८ जना श्रमिकलाई निलम्बन तत्काल फिर्ता गर्नुपर्ने र थुनिएका ९ जना श्रमिकलाई रिहाई गर्नुपर्ने उनले बताए ।

यदी पक्राउ गरिएका श्रमिकलाई रिहाई नगरिएमा कडा आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए । उनले उद्योगमा कार्यरत निलम्बित २८ जना श्रमिकलाई तत्काल काममा फिर्ता लिनुपर्ने बताए ।

महासचिव अजयकुमार राईले जनाए अुनसार ट्रेड युनियन काँग्रेसको संगठन विस्तार, परिचलन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढ्ने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष श्री गणेश बहादुर केसीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको महासचिव राईले बताए । त्यस्तै ट्रेड युनियन काँग्रेसको विधानमा व्यवस्था अनुसार ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव तोकिएको छ ।

त्यस्तै ट्रेड युनियन काँग्रेसले शिक्षा ऐन, २०२८ लाई सरोकारवाला पक्षसँग सम्वाद गरी तत्काल संशोधन गर्नुपर्ने, उपदानमा लाग्दै आएको १५% करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने, होटल लगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने, श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने, कार्यस्थलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखिकरण तालिममा बढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्नेलगायतका माग अघि सारेको छ ।

त्यस्तै युनियन कांग्रेसका महासचिव अजयकुमार राईले १५ बुँदे प्रस्ताव सार्वजनिक गरेका थियो ।


सम्बन्धित समाचार