९ माघ,वीरगञ्ज । चिनियाँ ऋणजालविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ ।
वीरगञ्जको घण्टाघरमा चिनियाँ ऋण जालविरुद्ध सचेतना र्याली निकालेर प्रदर्शन गरिएको हो । राष्ट्रिय एकता अभियान वीरगञ्जले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
“राष्ट्रिय स्वाधिनता रक्षा गर”, “पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई क्रृणजालबाट मुक्त गर” “बिआर आई सम्झौता खारेज गर” लगायतको ३ बुदेँ माग राख्दै प्रदर्शन गरेको विनय यादवले जनाए ।