![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/01/419976037_1120490968889871_18317940835387551_n.jpg?fit=2048%2C1532&ssl=1)
११ माघ,जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
सात दलीय गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नेता आनन्द ढुंगाना अन्य समुह पदमा निर्वाचित भएको छ भने महिला समूहतर्फबाट जनता समाजवादी पार्टी नेपालकी नेतृ पुजा चौधरी निर्वाचित भएकी छन् ।
निर्वाचित आनन्दप्रसाद ढुंगानाले ७३७० मतभार ल्याएका छन् भने निर्वाचित चौधरीले ७९२३ मतभार प्राप्त गरी निर्वाचित भएकी छन् ।
त्यस्तै प्रतिद्वन्दी रहेका नेकपा एमालेबाट अन्य समूह तर्फका उम्मेदवार कुमारी विजेता झाले २४८४ मतभार ल्याइन् भने महिला समूह तर्फकी प्रत्यासी उम्मेदवारी उषादेवी
थरुनीले २४४६ मतभार ल्याइन् । त्यस्तै जनमत पार्टीका प्रत्यासी उम्मेदवार रामशंकर महासेठले ८१८ मतभार ल्याएका छन् ।
५ जना प्रदेशसभा सदस्य र दुईजना स्थानीय तहका प्रमुखहरुले महिला समूह तर्फमा बदर मतदान गरेका छन् भने अन्य समूह तर्फमा एकजनाले मत बदर खसालेको
पाइएको राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।