Logo

२४ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित सनलाइट इग्लिंस सेकेन्ड्री स्कुलमा कल्चरल फुड फेस्टिबल कार्यक्रम सम्पन्न भएको छ । महानगरको वडा नंं १६ नगवामा रहेको सनलाइट इङग्लिस स्कुल (एसइसि प्लस टु म्यानेजमेन्ट) ले आज उक्त कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाको सभापतित्वमा भएको फुड फेसिटबलको उद्धघाटन प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले रिबन काटेर गरेका थिए । कक्षा ११ मा अध्ययनरत विद्यार्थीले विद्यालय परिसरमा स्थानीय नेपाली खाना तथा खाजाका विभिन्न स्टलहरु राखेर बिक्री वितरण गरेका थिए ।

फुड फेस्टिबलमा चटपटे, पकौडा, पानीपुरी, चाट, सेलरोटी, चिया, घोंगी, चिप्स, नेपाली अचार, मोमो, चिकेन पिज्जा लगायतका एक दर्जन खानाका स्टलहरु राखिएको थियो । कार्यक्रममा जीवन ज्योती माविका शिक्षक शिव गुप्ता, साउथजोन माविका सरोज चौधरी, अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतकाले विद्यार्थीहरुको मिहिनेत र लगनको प्रशंसा गरे ।

शिक्षक राजन चौरसियाले पढाइका साथै विद्यार्थीलाई व्यवसायिक रुपले आम्दानी गराउने उद्देश्यले फुड फेस्टिबलको आयोजना गरेको जनाए । सो अवसरमा सनलाइट माविका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम् साह लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार