Logo

६ फागुन,जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेसहित २ दलले विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई गठबन्धनबाहेकका दलले विश्वासको मत नदिने भएको भएको बताइएको छ ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने सम्भावना बलियो छ ।
प्रदेश सभाबाट लिन लागिएको विश्वासको मतमा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारीमा रहेको स्रोतको दाबी छ ।

रेसखबरसँग कुरा गर्दै नेता यादवले भने,‘ अहिलेसम्म विश्वासको मत दिने एमालेले आधार पाएको छैनौँ, मुख्यमन्त्रीले विश्वासको मत माग्दा हामीले खोजेको आधारको सम्बोधन नहुने भएकोले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिने न्यून सम्भावना बलियो छ ।’

यस्तै जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पनि आफ्नो पार्टीले विश्वासको मत नदिने बताए । उनका अनुसार जनमत पार्टी सरकारबाट बाहिरिएको हुनाले मुख्यमन्त्री सरोज यादवको सरकारलाई मत नदिई आफ्नो पार्टी विपक्षमा उभिने छ ।

जनमत पार्टीले ९ माघमा सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएपछि विश्वासको मत लिने प्रावधान अनुसार मधेश प्रदेश सरकारले आज तेस्रो पटक विश्वासको मत लिन लागेको हो ।

एमाले र जनमत पार्टी विपक्षमा मतदान गर्दा पनि सरकारकले पर्याप्त बहुमत पाउने प्रदेश सभाको अंकगणितीय हिसाब छ ।
मधेश प्रदेशमा सभाुमखबाहेक एमालेको २३ र जनमत पार्टीको १३ सीट संख्या छ, जुन अहिलेसम्म विश्वासको मत नदिने संख्या हो ।

मधेश प्रदेश सरकारमा रहेका दलहरु कांग्रेस,जसपा , माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको प्रदेश सांसदबाटै मुख्यमन्त्री यादवलाई चाहिने बहुमत भन्दा बढी विश्वासको मत प्राप्त भइरहेको छ ।

सरकार चलाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ प्रदेश सांसदको समर्थनको आवश्यकता छ , तर यहाँ सत्ता गठबन्धन दलबाटै मुख्यमन्त्रीले ६५ प्रदेश सांसदको समर्थन पाइरहेका छन् ।


सम्बन्धित समाचार