Logo

फाइल फोटो

१९ फागुन,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पाटे बाघ मृत भेटिएको छ ।

गाउँपालिकाको वडा नंं.२ रामभौरीस्थित एउटा बाघे मृत अवस्थामा भेटिएको हो । श्री दिपनारायण आर्दश स्कुलको ३०० मिटर पूर्व खाली खेतमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले जनाए ।

उनका अनुसार आज बिहानको खेतमा बाघ मृत अवस्थामा देखिएको खबर स्थानीयले प्रहरीलाई गराएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रंगपुर टाँडी, इलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

मृत भेटिएको बाघबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बताउँछ ।


सम्बन्धित समाचार