Logo

२१ फागुन,काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने भएको हो।

‘बैठक स्थगित हुने पक्का भएको छ। केहीबेरमा सूचना निकाल्छौं।’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तय भएको थियो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यसूची राखिएको थियो।

 


सम्बन्धित समाचार