Logo

२१ फागुन,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको दाबी गरेका छन्।

उनले बालुवाटारको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले कम्युनिष्टहरु धुव्रीकरण गर्दै लैजानका लागि यो कदम चालेको बताए। उनले वामपन्थी धुव्रीकरण आवश्यकता देखिएकाले यो कदम चालिएको उल्लेख गरे।
‘प्रधानमन्त्रीलाई काम गर्न सहज गरिदिनुपर्छ। प्रधानमन्त्री अर्थ मन्त्रालय प्रमुख नै हुन्छ ,’ उनले भने , ‘सरकारमा रहनु भनेको काम गर्नु हो। प्रधानमन्त्रीले मंसिरदेखि सरकार पुनर्गठन चाहनुभएको थियो। जनताको काममा अघि बढाउन कांग्रेसका मन्त्रीहरुको सहयोग भएन।’

उनले प्रधानमन्त्रीलाई सरकार परिर्वतन गर्न नदिनु, अर्थमन्त्रीले काम नगर्नु र अरु मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेको उनले दाबी गरे।

 

 


सम्बन्धित समाचार