![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/Sangiya-Samsad-Sachibalaya.jpg?fit=840%2C483&ssl=1)
२१ फागुन,काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो ।
यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।