![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/ggggggggggggggggggggggggg.jpg?fit=1200%2C668&ssl=1)
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको धनराज गुरुङले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।