![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/lumbini-fff.jpg?fit=1200%2C668&ssl=1)
२३ फागुन,घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो ।
केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफुसँगै राख्नु भएको छ ।