Logo

२३ फागुन,वीरगञ्ज । वीरगञ्ज श्रीपुरमा डेरमा बस्दै आएका एक बालक हिजोदेखि बेपत्ता भएका छन् । महानगरको वडा नम्बर ११ श्रीपुरस्थित डेरमा बस्दै आएका १३ वर्षीय बालक हराएको परिवारजनले जनाएको छ ।

श्रीपुर निवासी अब्बास हवारीका १३ वर्षीय छोरा शान अली हवारी मंगलबारदेखि बेपत्ता भएको परिवारजनले जनाएको हो ।

परिवारजनका अनुसार शान अली मंगलबार (हिजो) दिउँसोबाट हराएका छन् । घरबाट दिउँसो २ बजेतिर खेल्न भनेर निस्केका शान अली अहिलेसम्म परिवारजनाको सम्पर्कमा नआएको बुबा अब्बासले बताए । उनका अनुसार हराएका शान अली गंहुगोरो वर्णका छन् ।

सबैतिर खोजी गर्दापनि शान फेला नपरेको भन्दै बुबा अब्बासले हराएका छोराको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदनसमेत दिएका छन् ।
हराएका शान काही देखिएमा वा फेलामा परेमा नजिकको प्रहरी कार्यालय वा उनको बु्वाको मोबाइल नम्बर ९८०२३४०५४२ मा सम्पर्क गरेर सहयोग गरिदिन हुन परिवारजनले आग्रह गरेको छ ।


सम्बन्धित समाचार