Logo

२४ फागुन,काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) बस्दैछ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

त्यसैगरी महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पााण्डेले जानकारी दिए।

त्यसैगरी राष्ट्रियसभाको बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूचीसमेत रहेको संसद सचिवालयले जनाएको छ।

 


सम्बन्धित समाचार