Logo

२५ फागुन,सेढवा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले चाँडै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री यावद नेतृत्वको सरकारले २ दिनमै मन्त्रिपरिषद् पुनर्गठन तयारी गरेको स्रोतले जनाएको छ ।

सत्ता फेरबदल भएको ५ दिन भइसक्दा पनि कांग्रेस सरकारबाट नबाहिरिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको स्रोतको दाबी छ ।
जनता समाजवादी पार्टीका प्रवक्ता एमव प्रदेश सांसद मनिष सुमनले १/२ दिनमै मन्त्रिपरिषद् पुनर्गठन हुने बताए । उनका अनुसार नयाँ समीकरणमा आवद्ध दलहरुसंग भएको सहमतिबमोजिम मधेश प्रदेश सरकार पुनर्गठन गर्न लागिएको जनाए ।

‘अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेस बाहिरिन्छ, एमाले प्रवेश गर्छ,’उनले भने । उनका अनुसार मुख्यमन्त्रीले १/२ दिनमै प्रदेश सरकारलाई पुनर्गठनको पत्र लेख्नुहुन्छ, त्यसपछि सरकार पुनर्गठन हुन्छ ।
जसपा प्रवक्ता सुमनका अनुसार नयाँ समीकरण अनुसार मन्त्रीमण्डल विस्तार हुँदा मुख्यमन्त्रीमा यादवनै रहने सहमति भएको छ ।

नयाँ मन्त्रीमण्डलमा एमालेसहित जसपा, माओवादी र नेकपा एस राख्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको उनी बताउँछन् ।


सम्बन्धित समाचार