Logo

२९ फागुन,काठमाडौं । संसदीय दलको बैठकमा आफूहरुको कुरा नसुने वा लिखित सहमति नभए प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको एकीकृत समाजवादीले अडान छोडेको छ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बैठकपछि नेकपा एसका अध्यक्ष नेपालले आफूहरुले विश्वासको मत दिन सहमत भएको बताए।
सत्ता रुढ दलहरुका बीचमा एक प्रकारको सहमति भएकाले संसदीय दलको निर्णय अब परिवर्तन भएर आफूहरुले विश्वासको मत दिने निर्णयमा पुगेको एकीकृत समाजवादीका एक सांसदले बताए।

यसअघि चार दलबीच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको छ। यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

यो सँगै अब सत्ता गठबन्धनमा हुने सबै निर्णयमा पाँचै दलका अध्यक्षको हस्ताक्षार हुने सहमति पनि भएको छ। सरकारका सबै नीति तथा कार्यक्रममा एकरुपता ल्याउने र पाँचै जनाको सहमति खोजिने निर्णय पनि गरेको छ।

 


सम्बन्धित समाचार