Logo

२९ फागुन,काठमाडौं । मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्।राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए।

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए। दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो।

 


सम्बन्धित समाचार