Logo

३० फागुन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र जनताको समस्यामाथि छलफल हुनुपर्ने संसद्मा आज सत्ता द्वन्द्वको प्रस्तुति हुनु दुःख रहेको बताएका छन्। बुधबार संसद्मा प्रधानमन्त्री प्रचण्डले पेस गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन्।

‘गठबन्धन रहिरहेको भए आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहको हुन्थ्यो। टिआरसीलाई निष्कर्षमा कसरी पु¥याउने, संघीयतालाई बलियो आवश्यक कानुन निर्माण गर्ने, हमासको नियन्त्रणबाट विपिन जोशीलाई उद्धार गरेर कसरी ल्याउने भनेर आज संसद्मा छलफल भइरहेको हुन्थ्यो’, उनले भने, ‘तर आज हामी सत्ता द्वन्द्वको प्रस्तुतिमा छौँ।’

महामन्त्री शर्माले अहिले देशमा सबैभन्दा धेरै विश्वासको मत मागेको भन्दे व्यंग्य गरे। ‘आज देश विश्वासको धरापमा छ। प्रशासन जाँदै गरेको गरेको नागरिक प्रशासकसँग विश्वस्त भएर गइरहेको छैन। अस्पताल जाँदै गरेको बिरामी डाक्टरसँग सशंकित भइरहेको हुन्छ। बजार जाँदै गरेका व्यक्ति व्यापारीप्रति विश्वस्त भइरहेको हुँदैन’, उनले भने, ‘यस्तो विश्वासको खडेरी परेको बेला प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ। पाइराख्नुभएको छ। अचम्म लाग्छ। विश्वासको मत मागिरहनु भएको छ। पाइराख्नु भएको छ। अचम्म लाग्छ।’

तर, गणितीय विश्वास भए पनि राजनीतिप्रति भने सत्तारूढ दलहरू नै विश्वस्त नरहेको उनको टिप्पणी थियो।


सम्बन्धित समाचार