Logo

५ चैत,जनकपुरधाम । मधेश प्रदेशका नवनियूक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशको समृद्धि र विकासका लागि अग्रसरता लिने बताइन् ।
उनले मधेशको आर्थिक समृद्धि र उन्नतिका लागि अग्रसर रहने बताउँदै नवनियूक्त प्रदेश प्रमुख भण्डारीले प्रदेश प्रमुखको भूमिका निर्वाह गर्दा आफुलाई सबैको समन्वय र सद्भाव रहने अपेक्षा गरिन् ।

उनले प्रदेशको कामको शिलशिलामा आफुले संविधान, कानून, विधिको सीमा भित्र रहेर काम गर्ने बताउँदै यसका लागि सक्रिय सकारात्मक सहयोगको अपेक्षा राखेको प्रदेश प्रमुख भण्डारीले भनिन् ।उनले जनकपुरधाम आउने क्रममा आफु सबैभन्दा पहिला जानकी माताको दर्शन गर्दै आशीर्वाद ग्रहण गरेको बताइन् । सो क्रममा मातासंग आशीर्वाद ग्रहण गरिरहँदा आफुले आमाको काखमा आइपुगेको अनुभुति गरेको अनुभव सुनाइन् ।

यस अघि मधेश प्रदेशको प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बर्खास्त गर्दै केही दिन अघि मात्रै मधेश प्रदेशको प्रदेश प्रमुखमा भण्डारीलाइ नियुक्त गरेको थियो । नवनियुक्त भण्डारीसमेतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ ग्रहण गरेको थियो ।


सम्बन्धित समाचार