Logo

५ चैत,वीरगञ्ज । सत्ता समीकरण फेरबदल भएको करिब २ सातापछाडि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । मधेश सरकारले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रेस सल्लाहकार अतिश मिश्राले आज मन्त्रिपरिषदको पुनर्गठन गर्न लागिएको जानकारी दिए । उनका अनुसार आजै एमालेलाई सरकारमा भित्र्याएर मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो ।
केन्द्रमा भएको सहमतिअनुसार नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मन्त्री बन्ने निश्चित भइसकेको छ । प्रेस सल्लाहकार मिश्राका अनुसार एमाले मधेश प्रदेश संसदीय दलका नेता रहेका यादव आजै भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिँदैछन् ।

उनका अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषदको पुनर्गठनको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले पुनर्गठनबारे प्राप्तअनुसार मन्त्रिपरिषदको पनर्गठन गरिएको अर्को पत्र प्रदेश सरकारमा पठाएपछि शपथ खुवाउने कार्यक्रम सुरु गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

एमालेभित्र मन्त्रीमण्डलमा जानेमा विवाद बढी देखिएपछि पहिलो चरणमा दलका नेता यादवलाई मात्रै शपथ खुवाउन लागिएको एमाले मधेश प्रदेशले जनाएको छ ।
मधेश प्रदेश सरकारम अझैपनि नेपाली कांग्रेस सरकारमै छ । कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । यसैगरी कांग्रेसबाट गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंह छन् ।

कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले आज मन्त्रीपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।


सम्बन्धित समाचार