Logo

५ चैत,वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्ज र रोट्र्याक्ट क्लबले वीरगञ्जको एक विद्यालयमा डिजिटल कक्षाको स्थापना गरिदिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थीको लागि प्रविधि मार्फत अध्ययनका लागि डिजिटल कक्षाको स्थापना गरिदिएको हो ।

डिजिटल कक्षाको मधेस प्रदेश सरकारका पूर्व उर्जा तथा सिंचाई विकास मन्त्री तथा रोटरी क्लबका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले रिबन काटेर उद्घाटन गर्नुभयो ।

रोटरी क्लबका अध्यक्ष दिपक तुल्स्यान र रोट्रयाक्ट क्लबका अध्यक्ष सन्नी सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी र रोट्रयाक्ट क्लबका सदस्यहरू, विद्यालय व्यावस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

करिब १ लाख २५ हजार बराबरको लागतमा स्थापना गरिएको डिजिटल कक्षाबाट विद्यार्थीलाई अध्ययनका लागि सहज हुने र सिकाई उपलब्धि हुने दाता संस्था र विद्यालय परिवारले अपेक्षा गरेको रोट्र्याक्ट क्लबका पूर्व अध्यक्ष आयुष गुप्ताले बताउनुभयो ।


सम्बन्धित समाचार