Logo

७ चैत,वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले होली मिलन समारोह सम्पन्न गरेको छ । वीरगञ्जको पूरानो बसपार्कस्थित त्रिशला रेन्टुरेन्टमा आश्रमले होली मिलन समारोह आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख राजेशमान सिंहले होली पर्व २०८० को शुभकामना दिए । उनले होली पर्वले सबैमा भाइचारा, बन्धुत्व कायम गर्ने भएकाले सभ्य र भव्य तरिकाले होली हेल्न आग्रह गरे । कार्यक्रममा सहभागीहरुले एक अर्कालाई अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न सास्ंकृतिक कार्यक्रम प्रस्तुती गरिएको थियो । नेपाल भोजपुरी समाज वीरगञ्जको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय भद्रभलादमी, सञ्चारकर्मी, सामाजिक अभियान्ता लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार