Logo

१७ चैत,वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिकामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ कर्काली खोल्सीमा एक जना पुरुषको शव फेला परेको हो ।

ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिब ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

वनमा करकलो टिप्न गएका मानिसले भिरको खोल्सामा सड्न थालिसकेको अवस्थामा शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको शव घटनास्थलबाट उठाएर शुक्रबार साँझ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

भिरको अप्ठेरो बाटोबाट लडेर ती पुरुषको मृत्यु भएको आशङ्का गरिए पनि पुष्ट भने हुन सकेको छैन । प्रहरी निरीक्षक गिरीले पोस्टमार्टम रिपोर्ट आएपछि ती व्यक्तिको मृत्युको कारण खुल्न सक्ने उनले बताए ।
मृतकको हुलिया सबैतिर परिपत्र गरेर परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार