Logo

१८ चैत,वीरगञ्ज । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । भने २ जना घाइते भएका छन् । जिल्लाको परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको हो ।

आइतबार बिहान बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।दुबै मोटरसाइकल ठोक्किदा दुर्घटनामा बिआर ०५ बीबी २८४० नम्बरका मोटरसाइकल चालक बौधीमाई नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षका सुरेश पासवानको मृत्यु भएको रौतहटकी डिएसपी एलिजा गिरीले पुष्टि गरिन् ।

गम्भीर घाइते भएका पासवानलाई एलएस न्यूरो अस्पताल परवानीपुर पु¥याउँदा बाटोमा उनको मृत्यु भइसकेको अस्पताल स्रोतले जनायो ।यसैगरी दुर्घटनामा बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल चालक परोहा नगरपालिका वडा नम्बर २ जिंगडवा बस्ने २२ वर्षका शेख तवसिम आलम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षका शेख अलियास घाइते भएका हुन् ।

घाइते दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार