Logo

१८ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले करिब २ लाख मूल्य बराबरको भन्सार छलीका खुद्रा सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँमा चलाइएको जाँचमा प्रहरीले भन्सार छलीका खुद्रा सामान बरामद गरेको जनाएको हो ।
बारा प्रहरीले जिल्लाको पिपरपाती, सिमरा, सिम्रौनगढ, गंजभवानीपुर, पथलैयासहितका ठाउँबाट १ लाख ८९ हजार मूल्य बराबरको भन्सार छलीका खुद्रा सामान बरामद गरेको हो ।

प्रहरीले बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख ६६३२ नम्बरको बसबाट कुर्ता सुरुवाल बरामद गरेको छ भने सिम्रौनगढबाट गुट्खाजन्य पदार्थ पक्राउ गरेको जनाएको छ । यसैगरी प्रहरीले ४५ पोका खाने तेल, विस्कुट, चिनी, चामल, बिडी, प्याजसहितका खुद्रा सामान बरामद गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

भन्सार छलीका बरामद सबै खुद्रा सामान आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको बारा प्रहरीले जनायो ।


सम्बन्धित समाचार