Logo

१८ चैत,वीरगञ्ज । उपकार सेवा नेपाल नाम सस्ंथाले पर्साको पोखरिया नगरपालिकास्थित एक विद्यालयलाई पंखा वितरण गरेको छ । सस्ंथाले नगरपालिकाको वडा नम्बर ६ रानीगञ्ज श्रीसियास्थित श्री महोवनी पदम माविमा पंखा वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत ६ सय ३० जना विद्यार्थीहरुका लागि ५ थान सिलिङ पंखा उपलब्ध गराइएको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । बढ्दो गर्मीमा विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पठनपाठनमा समस्या नआओस् भनेर पंखा वितरण गरिएको उनले बताए ।

एक कार्यक्रमबिच सस्ंथाकी अध्यक्ष विद्या कुमारी सरावगाीले विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारलाई उक्त पंखा हस्तान्तरण गरिन् ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाका सदस्यद्वय सुमन बगेडिया र महेश बगेडेया, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दलाल प्रसाद, नेता नेजामोद्दिन अन्सारी लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार