Logo

१९ चैत,वीरगञ्ज । पर्साबाट पक्राउ परेका अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहसंग बरामद भएको मोबाइलको जाँच सुरु भएको छ ।
बीरगन्ज महानगर वडा नम्बर १५ बाट विद्युतीय उपकरण, डेक्सटप, मोबाइल फोनसहितका सामग्री बरामद गरी आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

बरामद सबै सामग्रीहरुमाथि सोमबारदेखि भने सूक्ष्म ढंगले अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ ।विभिन्न पाटोबाट अनुसन्धान सुरु गरेका पर्सा प्रहरीले मोबाइल फोनको अनुसन्धानमा ध्यान केन्द्रीत गरेको बताइएको छ । त्यसकारण सुरुको चरणमा प्राविधिकहरुबाट बरामद मोबाइल फोनको लक खोल्ने कार्य भइरहेको प्रहरी स्रोतले बताउँछ ।

स्रोतका अनुसार चिनियाँ गिरोहबाट बरामद मोबाइल फोनको लक मात्रै खोल्नका लागि ४ जना प्रहरी खटाइएको छ ।एकदिनमा कम्तीमा ८/१० वटा मोबाइल फोनको ‘लक’ खोल्न प्राविधिक टोलीलाइ जिम्मा दिइएको स्रोतले जनायो ।

बरामद सबै मोबाइल फोनमा चिनियाँ भाषामै लक लगाइएकोले मोबाइलबारे अनुसन्धान गर्न प्रहरीलाई कठिनाइ भइरहेको अनुसन्धानमा सहभागी एक अधिकारीले जनाए ।उनका अनुसार त्यसकारण जानकारहरुलाई बोलाएर चिनियाँ भाषामा राखिएको ‘लक’ लाई अग्रेजीमा परिवर्तन गरेर तोड्ने काम भइरहेको छ ।


सम्बन्धित समाचार