Logo

२४ चैत,वीरगञ्ज । प्रहरी मुख्यालयले मधेश प्रदेशका ५ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सहित १६ जनाको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रहरी मुख्यालयले गएराती गरेको २३ गतेको निर्णयानुसार मधेश प्रदेशका ५ जिल्लाका एसपीसहित १६ जना एसपीहरुको सरुवा/काज गरेको छ ।प्रहरी प्रधान कार्यालयले बाराको एसपीमा महेन्द्र खड्कालाइ सरुवा गरेको छ । भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ ।

यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।


सम्बन्धित समाचार