Logo

२५ चैत,वीरगञ्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले इद तथा नयाँ वर्षको शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।कांग्रेस पर्सा क्षेत्रीय कार्यसमितिले बीरगन्जको मुर्लीमा हिजो साँझ इद तथा नयाँ वर्षको अवसरमा इफ्तार कार्यक्रमको आयोजना गरेको हो ।इफ्तार कार्यक्रममा मुस्लिम तथा हिन्दू समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिका अनुसार मुस्लिम र हिन्दू गरी हजार भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।पछिल्लो समय जातजातिको नाममा समुदायमा मतभेद ल्याउनु काम भइरहेकोले त्यस्ता गतिविधिलाई निरुत्साहित पार्नका लागि सामूहिक इफ्तार कार्यक्रमको आयोजना गरिएको क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले जनाएको छ ।


क्षेत्रीय सभापति अरबिन्द गुप्ताले सामाजिक सदभाव र आपसी सम्बन्ध अझ मजबुत बनाउनको लागि कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार यो सामूहिक इफ्तारको कार्यक्रमले समाजमा सकारात्मक संदेश गएको आफ्नो बुझाइ छ ।

इद तथा नयाँ वर्षको अवसरमा राखिएको इफ्तार कार्यक्रममा एमाले सांसद प्रभु हजरा, प्रदेश सांसद श्याम पटेल, कांग्रेसका जिल्ला सभापतिद्वय एवम पूर्व सांसदहरु सुरेन्द्र प्रसाद चौधरी, अजय द्विवेदी, राजेन्द्र बहादुर अमात्य, जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, एमाले जिल्ला अध्यक्ष डा.विश्वम्भर शर्मासहितका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार