Logo

२५ चैत,वीरगञ्ज । बारा प्रहरीले अभद्र व्यहारमा मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले अभद्र मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

बारा प्रहरीले परवानीपुर गाउँपालिका वडा नम्बर १ बुनियाद निवासी प्रवेज मियाँलाई पक्राउ गरेको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जनाए ।उनका अनुसार जिल्ला अदालत कलैयाबाट वरदातपछि फरारको सूचीमा नाम रहेकोले खोजविन गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका मियाँलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार