Logo

२६ चैत,वीरगञ्ज । पर्साको राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । डढेलो नियन्त्रणमा नआउँदा वनसँग सिमा जोडिएका बस्तीका सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।

वनमा लागेको डढेलोबाट बिहानीपख बाक्लो तुवालो निस्कने गर्दछ । तुवालोकै कारण नागरिकको आँखा पोल्ने, आँखा चिलाउने, आँखा पाक्ने समस्या देखापरेको छ । यस्तै श्वास प्रस्वास सम्बन्धि रोगीहरुलाई समेत असहज भएको गुनासो बढ्दो छ ।

डढेलोबाट निस्केको तुवालोका कारण विशेषगरी पर्सागढि, सखुवाप्रसौनी, पटेर्वासुगौली र वीरगञ्ज महशानगरपालिका अन्र्तगत वनसँग जोडिएको बस्ती तथा जनता सडक भएर हिड्नेहरु सर्वसाधारणलाई समस्या पर्ने गरेको जनाइएको छ ।

पर्सागढि नगरपालिका वडा नम्बर ३ निवासी नारायण प्रसाद दाहालले तुवालोको कारण स्वास प्रस्वास सम्बन्धि समस्या भएका दीर्घरोगीहरुलाई समस्या परेको जनाए । यसले आँखा पाक्ने, पोल्ने र चिलाउने जस्ता समस्या निम्ताएकोले घरबाट निस्कनै कठिन हुने गरेको दुखेसो पोखे ।

यस्तै तुवालोको कारण आँखा पोल्ने र आँखाबाट पानी खस्ने हुँदा मोटरसाईकल र साईकल चलाउदा समेत दुर्घटनाको डर हुने गरेको मेहताब अन्सारीले बताए ।

बडनिहार आँखा तथा दाँत अस्पतालका संचालक जितेन्द्र कुमार गिरिका अनुसार हाल मौसममा आएको परिवर्तका कारण यस्ता समस्या देखापरेको हो ।

उनले बिहानको समयमा घरबाट बाहिर ननिस्कने र निस्कनै परे चस्माको प्रयोग गर्न, दिनमा ३÷४ पटक पानी छम्कन, धेरै गाह्रो परे चिकित्सकसँग परामर्श लिन सुझाए ।


सम्बन्धित समाचार