Logo

२६ चैत,जनकपुर ।मधेश प्रदेशको राजधानीमा दिनदहाडै छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा आज दिउँसो छुरा प्रहार गरी एक युवकको हत्या भएको हो

महोत्तरीको एकडाडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव शौचालय भित्र भेटिएको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए । हत्या गरेको आशंकामा स्थानीय २४ वर्षीय अर्जुन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार