Logo

२७ चैत,वीरगञ्ज । नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीको रिहाई माग गर्दै प्रदर्शन गरिएको छ । एमडी अन्सारीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन गरिएको हो ।
अस्पतालका कर्मचारीहरुले विभिन्न आरोपमा एमडी अन्सारी र प्रयोगशाला इन्चार्ज सञ्जय साहलाई पक्राउ गरिनु अन्यायपूर्ण कार्य भएको भन्दै उनीहरुलाई रिहा गर्न माग गरे ।

झाडुसहित प्रर्दशनमा उत्रिएका कर्मचारीहरुले ‘हाम्रो एमडीलाई रिहा गर’ ‘पुलिस प्रशासन मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
सोमबार वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा पर्साका एसपी कुमोध ढुंगेलसहितका टोलीले नेशनल मेडिकल कलेजमा छापामारी गरेको थियो ।

ल्याबमा सन् २०२१ मै म्याद सकिसकेको केमिकलसहितका औषधीहरु बरामद भएपछि एमडी अन्सारी र प्रयोगशाला इन्चार्ज साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।


सम्बन्धित समाचार