Logo

२७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलिले मंगलबारपनि वीरगञ्जको दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ ।  महानगरपालिका का उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगन्जको गण्डक स्थित रहेको नारायणी बयोधा मेडिसिटी अस्पताल र वीरगन्जकोे पानीटंकी रोड स्थित प्रभु हस्पिटलमा अनुगमन गरेको छ।

बयोधा मेडिसिटी अस्पतालको ल्याब, आईसियु फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यसक्रममा कुनैपनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा वीरगञ्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । प्रभु हस्पिटलकोपनि ल्याब, आईसियु, फार्मेसी र चमेनागृह (क्यान्टिन)मा पनि अनुगमन गर्दा त्यहाँपनि कुनै त्रुटी नभेटिएको जानकारी ठाकुरले दिए ।

दुवै अस्पतालमा सरसफाइको अवस्थापनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी समेत दिए । अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमार लाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतकोपनि सहभागीता थियो ।

यसअघि सोमबार उक्त अनुगमन समितिले वीरगञ्जकै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमापनि अनुगमन गरेको थियो । सो को जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिनु भयो।

 


सम्बन्धित समाचार