Logo

२८ चैत,वीरगञ्ज । नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत पर्साले अनुसन्धान गर्न दोस्रो पटक आज ५ दिनको म्याद थप गरेको हो ।अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न मंगलबार २ दिनको म्याद थप गरेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।


सम्बन्धित समाचार