Logo

५ वैशाख,वीरगञ्ज । वीरगञ्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ । कलेजमा कक्षा १२ मा अध्ययनरत २५३ जना विद्यार्थीहरुलाई आज आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण सहित बिदाई गरिएको हो ।

प्रशिक्षण सत्रको कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षण दिदँै राज्यमन्त्री अन्सारीले राम्रो नेतृत्वका लागि असल आचरण आवश्यक रहेको बताउनुभयो । उहाँले नेतृत्व सकारात्मक र नकारात्मक दुवै काममा हुने बताउदै असल कामको नेतृत्वका लागि असल आँचरण व्यक्तिमा हुनुपर्ने बताउनुभयो ।

वीरगञ्ज कलेजका संचालक समिति अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका सञ्चालक तथा प्रमुख विनोद गुप्ता र डाक्टर दिपेन्द्र कुमार चौधरीले पनि प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नारायणी एफ.एमका स्टेशन मेनेजर नीरज पिठाकोटे, नेपाल पोष्ट दैनिकका सम्पादक मनोज पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच दोश्रो चरणको बिदाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा रहनुभएको थियो । डाक्टर चौधरीकै अध्यक्षतामा भएको दोश्रो चरणको बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, सानिमा जिआईसी इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख निशान्त लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको स्वागत कलेजका प्रशासन प्रमुख सुरेश चौधरी र सञ्चालन कृष्णा पासवानले गर्नुभएको थियो ।


सम्बन्धित समाचार