५ वैशाख,विराटनगर । विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । दुई समूहबीच विवाद भएपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।
राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ ।
केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकार िदिए । विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले ¥यालीलाई अवरोध गरेपछि विवाद बढेको स्थानीयबासीले बताएका छन् । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए ।
उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।
















