Logo

६ वैशाख, काठमाडौं । काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सयौँ यात्रु अलपत्र परेका छन् । यूएई लगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा सयौँ यात्रु अलपत्र परेका हुन् ।

दुबई र सारजाहको विमानस्थल अवरुद्ध हुँदा कामका लागि जाने नेपाली काठमाण्डौमै रोकिएका हुन् । काठमाण्डौँबाट दुबइ उडान भर्ने फ्लाइ दुबई, एयर अरेबिया, नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका उडान प्रभावित भएका छन् ।

काठमाण्डौ–दुबई उडान गर्ने फ्लाइ दुबईको आजको उडान भने शुरु भएको छ । दिनमा चारवटा उडान हुने गरेकोमा बिहानको उडान नियमित रहेको र अरु उडान पनि हुन सक्ने फ्लाई दुबईले जनाएको छ । तर दुबईबाट बाहिर जाने उडान अझै नियमित भइसकेका छैनन् ।

फ्लाई दुबईले यात्रुहरुलाई टिकट खरिद गरिएका ट्राभल एजेन्सीमा सम्पर्क गर्न भनेको छ । यस्तै यूएईको अर्को शहर सारजाह उड्नुपर्ने एयर अरेबियाको आजको उडान रद्द भएको छ ।

नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सका उडान तालिका पनि प्रभावित भएका छन् ।


सम्बन्धित समाचार