Logo

६ वैशाख,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । प्रदेश सभाबाट विश्वासको मत पाएको तेस्रो दिनमा मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ जना मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीको प्रेस सचिवालयले जनाएको छ । मधेश प्रदेश सरकारमा माओवादीबाट प्रदेश संसदीय दलका नेता भरत प्रसाद र युवराज भट्टराइ तथा एकीकृत समाजवादी पार्टीबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको प्रदेश सरकार स्रोतले जनाएको छ ।

माओवादीका भट्टराइलाई उद्योग तथा पर्यटनमन्त्री तथा साहलाई विना विभागी मन्त्रीको जिम्मेवारी दिएर शपथ ग्रहण खुवाउने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसैगरी एसका लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।


सम्बन्धित समाचार