Logo

६ जेठ, वीरगञ्ज। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहेका छन् ।

विभिन्न मुद्दाका मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए । गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् ।

केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भैइ फरार रहेको गिरी आज पक्राउ परेपनि गिरीको बारेमा पर्सा प्रहरी अनभिज्ञ प्रकट गरेका छन् ।


सम्बन्धित समाचार